भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दलित जनप्रतिनिधिद्धारा गाउँ सभा बहिस्कार

दलित जनप्रतिनिधिद्धारा गाउँ सभा बहिस्कार

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकाको गाउँ सभा पालिकाका सबै दलित जनप्रतिनिधिले बहिस्कार गरेका छन् । गाउँ सभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका अगुवाले बहिस्कार गरेका हुन् ।

राज्यका सबै क्षेत्रमा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गर्नुपर्ने, दलित सशक्तिकरणका लागि योजना निर्माण गर्नुपर्ने, अवकाश दिएका दलित समुदायका कर्मचारीलाई पुनर्स्थापना गर्नुपर्ने, दलित समुदायलाई एम्बुलेन्स सेवा निःशुल्क दिनुपर्ने र

उच्च शिक्षा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई छात्रवृतीको अनिवार्य व्यवस्था गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखी गाउँ सभा बहिस्कार गरिएको दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले बताए ।

गाउँ सभा बहिस्कार गर्नुका साथै पालिकाको कार्यालयमा नै दलित निषेधित पालिका भन्दै कालो ब्यानरसमेत टासेर विरोध जनाए । बहिस्कार गर्नेमा कार्यपालिका सदस्य झंकरबहादुर नेपाली र निन्द्रा नेपाली रहेका छन् ।

वडा नम्बर १ का सदस्य जैईपुरी दमाई, दुईका सदस्य दिपेन्द्र कामी, तीनका सदस्य चन्द्रकलादेवी बिक, लाल बहादुर नेपाली र लोग बहादुर टमट्टा, चारका रोसनाकुमारी बिक, पाँचका नन्नीदेवी भुल, ६ का जमुनादेवी सुनार सातका खिरमीदेवी दास र आठका जैसरा बिक र लालबहादुर तिरुवासहित स्थानीय दलित समुदायका ८९ जना रहेका छन् ।

आफ्ना पाँच बुँदे माग पुरा नगरेर गाउँपालिकाको कार्यालयमा नै तालाबन्दी गर्ने संयोजक भुलले चेतावनी दिएका छन् । गाउँपालिकाले भने दलित जनप्रतिनिधि तथा दलित समुदायका अगुवाले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले जारी गरेको विज्ञप्तमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस तुर्माखाँद गाउँपालिबाट जारी भएको सूचना बमोजिम आज मिति २०८० फागुन ७ गते बसेको १४ औ गाउँसभा बैठकमा एकीकृत दलित आन्दोलन नेपालबाट आफ्ना माग सम्बोधनका लागि लिखित माग पत्र पेश हुन आएको विषयमा तुर्माखाँद गाउँसभा बैठकको ध्यानाकर्षण भएको छ ।

यसर्थ उक्त माग पत्रमा उल्लिखित मागको विषयमा गाउँ कार्यपालिकामार्फत गहन अध्ययन गरेर समस्यमा समाधानको समुचित सम्बोधन गरिनेतर्फ गाउँसभाले सामूहिक प्रतिबद्धता जनाएको हुँदा सोही ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’