भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

बाग्मती प्रदेशमा मानव अधिकारको अवस्था सबैभन्दा खराब

बाग्मती प्रदेशमा मानव अधिकारको अवस्था सबैभन्दा खराब

काठमाण्डौ । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएका छन् । सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त तथ्यांक सोमबार सार्वजनिक गरेको हो ।

सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बाग्मती प्रदेशमा मानव अधिकारको अवस्था सबैभन्दा खराब देखिएको छ भने सुदूरपश्चिम प्रदेश उत्कृष्टमा पर्न सफल भएको छ । सूचकाङ्कमा ८५ दशमलव २४ अङ्कसहित बाग्मती सबैभन्दा खराब अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । त्यसपछि मधेसको ६४ दशमलव ३९, कोशीको ४९ दशमलव ८१, लुम्बिनीको ४२ दशमलव १२, कर्णालीको ३१ दशमलव २५, गण्डकीको १६ दशमलव ३६ र सुदूरपश्चिमको ९ दशमलव ५१ अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ ।

सन् २०२३ अर्थात २०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म मानव अधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । ज्यादतीका घटनामा ७ हजार ७ सय १६ महिला र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्याङ्क छ ।

इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो सङ्ख्या सन् २०२२ भन्दा २ हजार १२ जनाभन्दा बढी भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.