हो म सानो छु
किनकी मेरो कद सानो छ ।
उमेर सानो छ,
सायद सोच पनि सानै होला ?
तिमी ठूलो छौ,
किन कि तिम्रो उचाईं ठूलो छ
तर,
म सानो मान्छेले जती त बुझ…
किन विभेद गर्छौ जातमा ?
किन विभाजन गर्छौ मानवतामा ?
किन खिल्ली उडाउछौ गरिबीको ?
अतः मैले सबै बुझेँ
भोको हुनु पनि सानो हुनु रहेछ,
नाङ्गो हुनु पनि सानो हुनु रहेछ,
रोगी हुनु पनि सानो हुनु रहेछ,
तर, बुझिन के हो दलित ?
रोग, भोक र सोकको पराकाष्ठा के दलित हो ?
अशिक्षा र गरिबीको पराकाष्ठा के दलित हो ?
म सानो हुनुको सबै प्रमाण मैसँग छ, महोदय
यदि म दलित हुनुको प्रमाण तिमीसँग छ भने देऊ न..
तब स्वीकार्ने छु, म दलित हुँ भनेर
गरिबी र पूजीँवादबीचको खाडललाई नै
यदि दलित भन्छौ भने.. हुो म दलित हुँ
तिम्रो मन्दिरमा राख्ने घण्टीलाई पिट्दै गर्दा
कयौं पटक मसँगै पिटेको छु आफ्नो पुर्पुरो
हरेक खुशीहरु जलाएको छु आरनमा,
पाइन हालेको छु स्वाभिमानमा
त्यसैले भन्ने आँट गर्छु म
खलातीमा भरिएको हावा जस्तै हो
तिम्रो घमण्ड र आडम्बर
तिम्रो लाज मैले मेरो औलाले छोपिदिएको छु
किनकी सियो चलाउने औंला नि यिनै हुन्
च्यातिएको तिम्रो जातीय खोल भित्र लुकेको आडम्बर
मैले बचाएको छु, किनकी कैँची चलाउने औंला नि यिनै हुन्
त्यसैले मानवता सिकाउन जरुरी छैन मलाई
किन कि तिम्रो भन्दा मानव समाज मैले जानेको छु
हो म मेहनती छु, मेहनत गरेर खान्छु
भोकको पीडा थाहा छ मलाई
भोकालाई साथ दिन जानेको छु
तर तिमीले जस्तो ठग्न र लुटेर खान जानेको छैन,
लुट्नेहरुसँग हातेमालो गरेर तिम्रो जस्तो साधु बन्नु छैन मलाई
किन कि म मानिस हुँ,
म भित्रको मानवता हराउने छैन
हो मसंग भएको एक गास बाँडेर खान्छु
तर तिमी जस्तो मानिसले छोएको खादैन भन्ने आडम्बर मसंग छैन
त्यसैले अब भन त महोदय,
दलित तिमी कि म ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएको देखिएको छ । खरिद गरेको...
काठमाडौं । बृहत् शान्ति सम्झौता भएको पनि १७ वर्ष पुरा भएको छ । युद्धका घाउमा अझै मलहम लगाउन सकिएको छैन । अशान्ति फेरी हुन थालिसकेको छ । त्यही शान्ति...
विश्वमा धेरै धर्म छन् । अनुयायीहरू पनि त्यतिकै संख्यामा छन् । धर्म–धर्मको बीच आलोचना गर्नु राम्रो पक्ष होइन । संसारमा धर्मकै कारण कयौँ युद्धहरू भएका छन् । कयौँ मानिसको...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रगति विवरण सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको प्रगति विवरण यहाँ प्रस्तुत गरिएको छ । कानुन तथा...