भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

दलित तिमी कि म ?

दलित तिमी कि म ?

हो म सानो छु
किनकी मेरो कद सानो छ ।
उमेर सानो छ,
सायद सोच पनि सानै होला ?

तिमी ठूलो छौ,
किन कि तिम्रो उचाईं ठूलो छ
तर,
म सानो मान्छेले जती त बुझ…
किन विभेद गर्छौ जातमा ?

किन विभाजन गर्छौ मानवतामा ?
किन खिल्ली उडाउछौ गरिबीको ?

अतः मैले सबै बुझेँ
भोको हुनु पनि सानो हुनु रहेछ,
नाङ्गो हुनु पनि सानो हुनु रहेछ,
रोगी हुनु पनि सानो हुनु रहेछ,

तर, बुझिन के हो दलित ?
रोग, भोक र सोकको पराकाष्ठा के दलित हो ?
अशिक्षा र गरिबीको पराकाष्ठा के दलित हो ?

म सानो हुनुको सबै प्रमाण मैसँग छ, महोदय
यदि म दलित हुनुको प्रमाण तिमीसँग छ भने देऊ न..
तब स्वीकार्ने छु, म दलित हुँ भनेर

गरिबी र पूजीँवादबीचको खाडललाई नै
यदि दलित भन्छौ भने.. हुो म दलित हुँ
तिम्रो मन्दिरमा राख्ने घण्टीलाई पिट्दै गर्दा
कयौं पटक मसँगै पिटेको छु आफ्नो पुर्पुरो

हरेक खुशीहरु जलाएको छु आरनमा,
पाइन हालेको छु स्वाभिमानमा
त्यसैले भन्ने आँट गर्छु म
खलातीमा भरिएको हावा जस्तै हो
तिम्रो घमण्ड र आडम्बर

तिम्रो लाज मैले मेरो औलाले छोपिदिएको छु
किनकी सियो चलाउने औंला नि यिनै हुन्
च्यातिएको तिम्रो जातीय खोल भित्र लुकेको आडम्बर
मैले बचाएको छु, किनकी कैँची चलाउने औंला नि यिनै हुन्

त्यसैले मानवता सिकाउन जरुरी छैन मलाई
किन कि तिम्रो भन्दा मानव समाज मैले जानेको छु
हो म मेहनती छु, मेहनत गरेर खान्छु
भोकको पीडा थाहा छ मलाई
भोकालाई साथ दिन जानेको छु

तर तिमीले जस्तो ठग्न र लुटेर खान जानेको छैन,
लुट्नेहरुसँग हातेमालो गरेर तिम्रो जस्तो साधु बन्नु छैन मलाई
किन कि म मानिस हुँ,
म भित्रको मानवता हराउने छैन

हो मसंग भएको एक गास बाँडेर खान्छु
तर तिमी जस्तो मानिसले छोएको खादैन भन्ने आडम्बर मसंग छैन
त्यसैले अब भन त महोदय,
दलित तिमी कि म ?

 


Thali Mobile Pvt.Ltd.