भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

घुस रकमसहित दार्चुलाका कृषि प्राविधिक पक्राउ, ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद

घुस रकमसहित दार्चुलाका कृषि प्राविधिक पक्राउ, ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद

काठमाण्डौ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारीलाई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाल लाख १२ हजार घुस रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनिहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पक्राउ परेका हुन । उनिहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद भएको आयोगको कार्यालय, कञ्चनपुरले जनाएको छ ।

उनीहरु धनगढीबाट पक्राउ गरेको अख्तियार ले जनाएको छ । नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.