सर्लाही । बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवकको शव अझै उठ्न सकेको छैन । प्रदर्शनका क्रममा चलेको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै रहेको हो ।
मृतकको परिवार र प्रदर्शनकारीहरूसँग निरन्तर छलफल भइरहेको भएपनि सहमति जुट्न नसकेका कारण उनीहरूले शव उठाउन नदिएको ससर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए । उनीहरूले राखेका अधिकांश मागहरू सम्बोधन गर्न तयार भएपनि कतिपय मागहरू तत्काल पूरा हुने अवस्था नरहेकाले लगातार छलफलमार्फत सहमतिको प्रयास भइरहेको उनको भनाइ छ ।
अहिले शवलाई परालले छोपेर सडकमै राखिएको र मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै शव कुरेर बसेका उनले बताए । सहमति नगरी शव उठाउन सक्ने अवस्था नरहेको र प्रदर्शनकारी र मृतकका आफन्त आक्रोशित भएका कारण पनि सहमती जट्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । लगातार छलफल भइरहेपनि सहमति जुटेन नसकेको र आज हुने छलफलमा प्रदेशका मन्त्रीपनि सहभागी हुने हुँदा केही निश्कर्ष नक्लिन सक्ने घिमिरेले बताए ।
