भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केन्यामा प्रदर्शनकारीले संसद् भवनमा आगो लगाए, ५ जनाको मृत्यु, ५० जना भन्दा धेरै घाइते

केन्यामा प्रदर्शनकारीले संसद् भवनमा आगो लगाए, ५ जनाको मृत्यु, ५० जना भन्दा धेरै घाइते

एजेन्सी । केन्यामा सरकारले संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका हुन् । कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका हुन ।

आर्थिक सङ्कटको सामना गरिरहेका बेला प्रदर्शन हिंसात्मक बन्दै गएर उनीहरु बलपूर्वक संसद् भवन भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको छ । भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ ।

अरू ५० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि गोली चलाएको प्रहरीले जनाएको छ । अनियन्त्रित भिडमा रहेका प्रदर्शनकारीले संसद् भवनको केही भागमा आगो लगाइदिएका बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.