भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका दुई वटा काउन्टीमा आपतकाल घोषणा

डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका दुई वटा काउन्टीमा आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि दुई वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् । बुधवारदेखि शुरु भएको डढेलो फैलने क्रम नरोकिएपछि बुट्टे र तेहामा काउन्टीमा आपतकालको घोषणा गरेको क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले प्रति घण्टा २० वर्गकिलोमिटर जङ्गल नष्ट गरिरहेको डढेलो निभाउन दुई हजार पाँच सय जनाभन्दा धेरै अग्नी नियन्त्रक र १६ वटा हेलिकोप्टर परिचालन भएका छन् । यस्तै कैयौं दमकल र ट्याङ्करले पानी हालेर आगो निभाउने प्रयास गरिरहेका बीबीसीको खबरमा उल्लेख छ ।

जङ्गलमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ति व्यक्तिले बलिरहेको कार जङ्गलमा लगेर डढेलो लगाएको आरोप छ । आगो लागेको क्षेत्र बाक्लो घाँस भएको क्षेत्र रहेको र त्यहाँ प्रशस्त इन्धन रहेकाले निभाउन कठिन भइरहेको अग्नि नियन्त्रकले बताएका छन् । क्यालिफोर्नियामा वर्षेनि डढेलोका घटना हुने गरेका छन् । यसअघि सन् २०१८ मा डढेलोमा परेर कम्तीमा ८० जनाले ज्यान गुमाएका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.