भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका दुई वटा काउन्टीमा आपतकाल घोषणा

डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका दुई वटा काउन्टीमा आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि दुई वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् । बुधवारदेखि शुरु भएको डढेलो फैलने क्रम नरोकिएपछि बुट्टे र तेहामा काउन्टीमा आपतकालको घोषणा गरेको क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले प्रति घण्टा २० वर्गकिलोमिटर जङ्गल नष्ट गरिरहेको डढेलो निभाउन दुई हजार पाँच सय जनाभन्दा धेरै अग्नी नियन्त्रक र १६ वटा हेलिकोप्टर परिचालन भएका छन् । यस्तै कैयौं दमकल र ट्याङ्करले पानी हालेर आगो निभाउने प्रयास गरिरहेका बीबीसीको खबरमा उल्लेख छ ।

जङ्गलमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ति व्यक्तिले बलिरहेको कार जङ्गलमा लगेर डढेलो लगाएको आरोप छ । आगो लागेको क्षेत्र बाक्लो घाँस भएको क्षेत्र रहेको र त्यहाँ प्रशस्त इन्धन रहेकाले निभाउन कठिन भइरहेको अग्नि नियन्त्रकले बताएका छन् । क्यालिफोर्नियामा वर्षेनि डढेलोका घटना हुने गरेका छन् । यसअघि सन् २०१८ मा डढेलोमा परेर कम्तीमा ८० जनाले ज्यान गुमाएका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.