भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सरकारबारे छलफल गर्न कांग्रेस मन्त्रीहरू देउवा निवासमा

सरकारबारे छलफल गर्न कांग्रेस मन्त्रीहरू देउवा निवासमा

काठमाडौं । पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि आफ्नै निवासमा बोलाएका छन् ।बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन् ।

मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न उनीहरूलाई बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन् ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग गहन छलफल गरेको बुझिएको छ । सरकारको कामको नेताहरूले विरोध गर्न थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.