भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सरकारबारे छलफल गर्न कांग्रेस मन्त्रीहरू देउवा निवासमा

सरकारबारे छलफल गर्न कांग्रेस मन्त्रीहरू देउवा निवासमा

काठमाडौं । पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि आफ्नै निवासमा बोलाएका छन् ।बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन् ।

मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न उनीहरूलाई बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन् ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग गहन छलफल गरेको बुझिएको छ । सरकारको कामको नेताहरूले विरोध गर्न थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.