भर्खरै : Sorry, your browser does not support inline SVG.
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य | उडिरहेको विमानमा को-पाइलटको क्याप्टेनमाथि बञ्चरो प्रहार, आतङ्कवादी घटनाको आशङ्का |

जय ट्रफी च्याम्पियन बन्यो नेपाल पुलिस क्लब

जय ट्रफी च्याम्पियन बन्यो नेपाल पुलिस क्लब

काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो ।

पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिएका छन् । आर्मीले जितका लागि १०३ रनको मामुली लक्ष्य पाएको थियो ।

तर, स्पिनलाई सहयोग गरेको पीचमा यो लक्ष्य आर्मीका लागि पहाड बन्यो । आर्मी २९।२ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो । चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन् ।

ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए । पुलिसका कप्तान आरिफ शेखले सुरूदेखि अन्तिमसम्म सागर र ललितलाई मात्रै बलिङ गराए ।

 


Thali Mobile Pvt.Ltd.