भर्खरै : Sorry, your browser does not support inline SVG.
ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह | बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था |

टेन्सन नदिन दुई महामन्त्रीसंग देउवाको आग्रह, अहिले छलफल गर्दै

टेन्सन नदिन दुई महामन्त्रीसंग देउवाको आग्रह, अहिले छलफल गर्दै

काठमाडौं । पार्टी उपसभापति र दुई महामन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गर्दैछन् । महामन्त्री द्धोयले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनले पार्टी भित्र हलचल पैदा गरेको र सभापतिलाई टेन्सन दिएको विषय अहिले सतहमा आएको छ ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग देउवाले अहिले बुढानीलकण्ठमा छलफलका लागि बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसमा विवाद चुलिदै गएपछि महामन्त्री थापाले गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षले चर्को विरोध जनाएका बेला हुन लागेको यो छलफलले विग्रह गर्न सक्ने बुझिएको छ । मध्यमार्गी विकल्प खोज्न देउवाले बैठक राखेको बताइएको छ । पार्टीका पाँच शीर्ष नेताहरूले महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर प्रतिवेदन पारित गर्ने तयारी पनि गरेको बुझिएको छ।

 


Thali Mobile Pvt.Ltd.