भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

कामदार सवार पिकअप गाडी पल्टिँदा १५ जनाको मृत्यु

कामदार सवार पिकअप गाडी पल्टिँदा १५ जनाको मृत्यु

एजेन्सी । पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ। भारतको छत्तीसगढ कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै उक्त दुर्घटना हुँदा १५ जना मजदुरको मृत्यु भएको हो ।

घटनापछि छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले शोक व्यक्त गर्दै पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए। उनले सामाजिक सञ्जाल एक्समा लेखका छन्, “कावर्धामा कामदार सवार पिकअप गाडी पल्टिँदा १५ जनाको मृत्यु भएको खबर अत्यन्तै दुःखदायी छ। यस दुर्घटनामा परी आफन्त गुमाएका सम्पूर्ण परिवारजनमा मेरो समवेदना छ।”

सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन लागिरहेको उनको भनाइ छ।
छत्तीसगढ कांग्रेस अध्यक्ष दीपक बैजले सामाजिक सञ्जालमार्फत छत्तीसगढ सरकारसँग पीडित परिवारलाई ढिलाइ नगरी क्षतिपूर्ति दिन माग गरे।

पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए। उक्त घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको थियो। घाइते आठ जनालाई उपचारका लागि अस्पताल लगिएको कावर्धाका एसपी अभिषेक पल्लभले बताए।

 


Thali Mobile Pvt.Ltd.