भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कामदार सवार पिकअप गाडी पल्टिँदा १५ जनाको मृत्यु

कामदार सवार पिकअप गाडी पल्टिँदा १५ जनाको मृत्यु

एजेन्सी । पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ। भारतको छत्तीसगढ कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै उक्त दुर्घटना हुँदा १५ जना मजदुरको मृत्यु भएको हो ।

घटनापछि छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले शोक व्यक्त गर्दै पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए। उनले सामाजिक सञ्जाल एक्समा लेखका छन्, “कावर्धामा कामदार सवार पिकअप गाडी पल्टिँदा १५ जनाको मृत्यु भएको खबर अत्यन्तै दुःखदायी छ। यस दुर्घटनामा परी आफन्त गुमाएका सम्पूर्ण परिवारजनमा मेरो समवेदना छ।”

सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन लागिरहेको उनको भनाइ छ।
छत्तीसगढ कांग्रेस अध्यक्ष दीपक बैजले सामाजिक सञ्जालमार्फत छत्तीसगढ सरकारसँग पीडित परिवारलाई ढिलाइ नगरी क्षतिपूर्ति दिन माग गरे।

पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए। उक्त घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको थियो। घाइते आठ जनालाई उपचारका लागि अस्पताल लगिएको कावर्धाका एसपी अभिषेक पल्लभले बताए।

 


Thali Mobile Pvt.Ltd.