भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सार्वजनिक गाडी बन्द हुँदा यात्रुहरू अलमलमा

सार्वजनिक गाडी बन्द हुँदा यात्रुहरू अलमलमा

काठमाडौँ, १९ जेठ । गण्डकी प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिएपछि यसको विरोधमा यातायात व्यवसायीहरूले सोमबार देशभर सार्वजनिक सवारी बन्द गरे ।

यसको प्रत्यक्ष असर यात्रुहरूमा देखियो। त्रिभुवन विमानस्थलदेखि चावहिल, स्वयम्भू, बसपार्क, जावलाखेललगायत स्थानमा यात्रुहरू गाडी कुर्दै अलमलमा परेका थिए। धेरैले महँगोमा राइड सेयरिङ वा ट्याक्सी प्रयोग गरे भने केही पैदल हिँड्न बाध्य भए।

विमानस्थलमा मलेशियाबाट फर्किएका लालसिंह दोङले गन्तव्यसम्म जान गाडी नपाएको गुनासो गरे। यात्रुहरूले राइड सेयरिङ र ट्याक्सी चालकहरूले दोब्बर भाडा असुल गरेको बताए।

साझा र केही माइक्रोबस चले पनि पर्याप्त नभएर यात्रुहरू सास्तीमा परेका छन्। यात्रुहरूको पीडा समाधान गर्न सरकारले चाँडै समन्वयात्मक नीति ल्याउनुपर्ने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.