भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सार्वजनिक गाडी बन्द हुँदा यात्रुहरू अलमलमा

सार्वजनिक गाडी बन्द हुँदा यात्रुहरू अलमलमा

काठमाडौँ, १९ जेठ । गण्डकी प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिएपछि यसको विरोधमा यातायात व्यवसायीहरूले सोमबार देशभर सार्वजनिक सवारी बन्द गरे ।

यसको प्रत्यक्ष असर यात्रुहरूमा देखियो। त्रिभुवन विमानस्थलदेखि चावहिल, स्वयम्भू, बसपार्क, जावलाखेललगायत स्थानमा यात्रुहरू गाडी कुर्दै अलमलमा परेका थिए। धेरैले महँगोमा राइड सेयरिङ वा ट्याक्सी प्रयोग गरे भने केही पैदल हिँड्न बाध्य भए।

विमानस्थलमा मलेशियाबाट फर्किएका लालसिंह दोङले गन्तव्यसम्म जान गाडी नपाएको गुनासो गरे। यात्रुहरूले राइड सेयरिङ र ट्याक्सी चालकहरूले दोब्बर भाडा असुल गरेको बताए।

साझा र केही माइक्रोबस चले पनि पर्याप्त नभएर यात्रुहरू सास्तीमा परेका छन्। यात्रुहरूको पीडा समाधान गर्न सरकारले चाँडै समन्वयात्मक नीति ल्याउनुपर्ने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.