भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रूसको युक्रेनमाथि ड्रोन आक्रमण : ४ बालबालिकासहित २१ जनाको मृत्यु, अमेरिकी सांसदको भारतप्रति आक्रोश

रूसको युक्रेनमाथि ड्रोन आक्रमण : ४ बालबालिकासहित २१ जनाको मृत्यु, अमेरिकी सांसदको भारतप्रति आक्रोश

एजेन्सी । रूसले युक्रेनमाथि हालसम्मकै भीषण आक्रमण गर्दै ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यो आक्रमणमा ४ बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाप्रति प्रतिक्रिया जनाउँदै भनेका छन्, “रूसले शान्ति होइन, मिसाइल रोजेको छ ।” बीबीसीका अनुसार, रूसी क्षेप्यास्त्र र ड्रोनका छर्राले युक्रेनको राजधानी कीभस्थित ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुर्‍याएको छ । यो रूसी आक्रमणबाट ब्रिटिश सरकारको सम्पत्ति क्षति भएको पहिलो घटना हो ।

यस्तै, युरोपेली संघ मिसनका कार्यालयहरूमा पनि आक्रमणको असर परेको पुष्टि भएको छ । आक्रमणपछि बेलायत र युरोपेली संघले रूसी राजदूतहरूलाई तलबुझाइका लागि बोलाएको जनाइएको छ ।

त्यसैगरी यता आक्रमणपछि अमेरिकी सांसद लिन्डसे ग्राहामले भारतविरुद्ध कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ‘X’ लेख्दै उनले भनेका छन्:  “भारत, चीन, ब्राजिललगायत देशहरू रसियाबाट सस्तो तेल किन्दै पुटिनको युद्ध मेसिनलाई बल दिइरहेका छन् । त्यसको परिणाम आज निर्दोष युक्रेनी नागरिक, बालबालिकाको मृत्युका रूपमा देखिएको छ ।”

ग्राहामले युक्रेनमा भएको आक्रमणको भिडियोलाई पनि सेयर गर्दै भारतलाई “युद्धलाई सहयोग पुर्‍याएको मुलुक” को रूपमा चित्रण गरेका छन् । उनले चेतावनी दिंदै भने, “भारतले यसको मूल्य तिरेको छ । अन्य देशहरूको पालो पनि आउँदैछ ।”

यद्यपि आक्रमणको निन्दा गर्दै बेलायत र युरोपेली संघले कडा प्रतिक्रिया दिएका छन्, ह्वाइट हाउसले भने वार्ता प्रक्रिया जारी राखिने स्पष्ट पारेको छ । यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच अलास्कामा भएको भेटवार्ताको १३ दिनपछि भएको हो ।

 


Thali Mobile Pvt.Ltd.