भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण एकै परिवारका ६ सहित ११ जनाको मृत्यु

कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण एकै परिवारका ६ सहित ११ जनाको मृत्यु

पोखरा । पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको छ । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु र मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको हो ।

पोखरा ३२ चैनपुरमा आरती ओझाको घर पुरिँदा उनकी छोरी १८ वर्षीय अनिता ओझा, अर्को छोरी ११ वर्षकी अनुष्का ओझा र दाइको छोरा प्रतीक सुवेदीको मृत्यु भएको छ । आरती उद्धारका क्रममा घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मादी गाउँपालिका ११ को तल्लो ताप्लेमा ८० वर्षकी माइती कुमारी गुरुङको मृत्यु भएको छ । ५५ वर्षका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको छ । गएराति १० बजेर २० मिनेटपछि तल्लाकोट टारीका कुल बहादुर परियारको घरमा पहिरो खस्दा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियारको मृत्यु भएको हो ।

विवाहपछि माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको छ । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.