भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

छोराछोरीको टिकटक खाता अभिभावकसँग जोडेर डिजिटल गतिविधि नियन्त्रण गर्न सकिने

छोराछोरीको टिकटक खाता अभिभावकसँग जोडेर डिजिटल गतिविधि नियन्त्रण गर्न सकिने

काठमाण्डौ । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा शुरु गरेको छ । यो सेवामार्फत अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर उनीहरूको डिजिटल गतिविधिमा नियन्त्रण राख्न सक्ने छन् ।

टिकटकका अनुसार सेवाको उद्देश्य जिम्मेवार र सुरक्षित अनलाइन बनाउनु हो । ‘फ्यामिली पेयरिङ’ सुविधामार्फत अभिभावकहरूले आफ्ना बालबालिकाको दैनिक ‘स्क्रिन’ समय सीमित गर्न, सन्देश पठाउन वा ‘कमेन्ट’ गर्न नपाउने बनाउन, उमेरअनुसारको मात्रै विषयवस्तु देखिने बनाउन, खाता खोज्न मिल्नेरनमिल्ने बनाउने तथा सर्च सेटिङ नियन्त्रण गर्न सक्ने सुविधा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

यो सेवा शुरु गर्नका लागि टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गई क्यूआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिङ्क गर्नुपर्छ । एकपटक जोडिएपछि, अभिभावकहरूले आफ्ना छोराछोरीको मोबाइल नछोइकनै आफ्नै फोनबाट सुरक्षासम्बन्धी सेटिङहरू व्यवस्थापन गर्न सक्नेछन् ।

टिकटकका दक्षिण एशिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले समाजको सुरक्षा प्रमुख प्राथमिकता रहेकाले विशेष गरी किशोर प्रयोगकर्ताको हकमा फ्यामिली पेयरिङ सुविधा नेपालका लागि उपयुक्त हुने अपेक्षा राखेको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.