भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

हवानामा सम्पन्न अन्तर्राष्ट्रिय बैठकः क्यूबा र प्यालेस्टाइनप्रति ऐक्यबद्धता

हवानामा सम्पन्न अन्तर्राष्ट्रिय बैठकः क्यूबा र प्यालेस्टाइनप्रति ऐक्यबद्धता

हवाना । क्यूबाको राजधानी हवाना अहिले अन्तर्राष्ट्रिय ऐक्यबद्धताको केन्द्रबिन्दु बनेको छ। ३९ देशका ९६९ प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता, साम्राज्यवादविरोधी तथा फासीवादको पुनरुत्थानविरुद्धको बैठकले क्यूबा र विश्वभर सामाजिक न्यायको पक्षमा नयाँ उत्साह भरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै क्यूबाका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका पहिलो सचिव मिगेल डियाज कानेलले क्यूबामाथि भइरहेका बाह्य हस्तक्षेप र आक्रामणविरुद्ध अन्तर्राष्ट्रिय समुदायको समर्थनप्रति आभार व्यक्त गरे। उनले इतिहासबाट शिक्षा लिएर फासीवादी शक्तिको पुनरुत्थानको सामना गर्न आह्वान गरे।

बैठकमा सहभागीहरूमध्ये धेरैले अमेरिकी नाकाबन्दी अन्त्य गर्न, क्यूबालाई आतंकवाद समर्थक राष्ट्रको सूचीबाट हटाउन, र ग्वान्तानामो क्षेत्र फिर्ता गर्न माग राखेका थिए। क्यूबाका उप–परराष्ट्रमन्त्री कार्लोस फर्नान्डेज दे कोसिओले अमेरिका नेतृत्वको साम्राज्यवादी नीतिले क्यूबाली जनताको दैनिकी प्रभावित बनाएको आरोप लगाए। उनले भने, “क्यूबाले प्राप्त गरेका सामाजिक उपलब्धिहरू आज विश्वका धेरै देशका लागि सपना जस्ता छन्, तर ती उपलब्धिहरू आर्थिक युद्धले अवरुद्ध छन्।”

कार्यक्रममा क्यूबा–जनताबीच मैत्री संस्थाका अध्यक्ष तथा क्यूबाका राष्ट्रिय नायक फर्नान्डो गोंजालेज ल्लोर्तले ऐक्यबद्धता र एकताको भावनालाई नै सामूहिक प्रतिरोधको मुख्य अस्त्रको रूपमा व्याख्या गरे।

मेक्सिकोको मोरेना पार्टीकी महासचिव क्यारोलिना रान्गेल ग्रासिडाले क्यूबाली डाक्टरहरूले आफ्नो देशमा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै, आउँदो अक्टोबरमा मेक्सिकोमा हुने ल्याटिन अमेरिकी ऐक्यबद्धता सम्मेलनमा सहभागी हुन सबैलाई आग्रह गरिन्।

बैठकमा क्यूबाको साँचो तस्वीर प्रस्तुत गर्ने तथा भ्रामक सञ्चार अभियानको प्रतिवाद गर्ने विषयमा पनि जोड दिइयो। कार्यक्रममा क्यूबा र प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउँदै दुईवटा औपचारिक वक्तव्य सार्वजनिक गरिएको थियो।

यो बैठकले साम्राज्यवाद, फासीवाद र अन्यायविरुद्ध एकताबद्ध अन्तर्राष्ट्रिय संघर्षको सन्देश विश्वभरि फैलाएको आयोजकहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.