भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

काभ्रेको पनौती नगरपालिका वडा नं १ मा दुई सय ३३ परिवारलाई कम्बल वितरण

काभ्रेको पनौती नगरपालिका वडा नं १ मा दुई सय ३३ परिवारलाई कम्बल वितरण

काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं एक रयालेमा कम्बल वितरण गरिएको छ । पनौती नगरपालिका र विभिन्न संघसस्थाको सहयोगमा दुई सय ३३ परिवारलाई उक्त सामग्री वितरण गरिएको हो ।

काभ्रेको पनौती नगरपालिका वडा नं १ मा दुई सय ३३ परिवारलाई कम्बल वितरण

आइतबार र सोमबार गरि दुई सय ३३ परिवारलाई विभिन्न टोल–टोलमा गएर कम्वल लगायतका सामग्रीहरु विरण गरिएको वडा नं एकका वडा अध्यक्ष जयकुमार लामाले जानकारी दिनुभयो ।

उहाँले वडा, नगर र विभिन्न संघसंस्थाको सहयोगमा उक्त सामग्रीहरु वितरण गरिएको जानकारी दिदै चुनाव अघि आफूले गरेको प्रतिवद्धता पुरा गर्दै अघिबढेको बताउनुभयो ।

वडाका जेष्ठ नागरिकहरुको सेवा गर्ने प्रतिवद्धता अनुसार विभिन्न समयमा जेष्ठ नागरिकलाई सम्मान तथा उहाँहरुका समस्या समाधानमा आफू निरन्तर लागि परेको तर्क गर्नुभयो ।

उहाँले वडाका जनप्रतिनिधिहरु, स्थानीय बासीन्दा, नगरप्रमुख रामशरण भण्डारी र सहयोगी विभिन्न संघसंस्थालाई धन्यवाद समेत दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.