भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ सुविधा सम्पन्न भवनको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका छन् । दक्षिण कोरिया सरकारको ९.५ मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपयाँ एक अर्ब २८ करोड आर्थिक सहयोगमा निर्माण हुने लागेको उक्त भवनको भव्य समारोहकाबीच शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्र दक्षिण कारियाको सहयोगमा निर्माण हुने अस्पतालबाट गुणस्तरी स्वास्थ्य सेवा दिइनेमा आफु विश्वस्त रहेको बताए । नेपाल र कोरिया सरकारबीचको मित्रता अझ बलियो बन्नेमा आफु विस्वस्त रहेको भन्दै मन्त्री सिंहले नगरबासी र आसपासका जिल्लाका सबै नागरिकलाई शुलभ उपचार सेवा दिन अस्पताललाई निर्देशन दिए ।
यस्तै कोईकाबाट प्राप्त सहयोगले नगरबासीको उपचार थप सेवा दिन सहज हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । नगरपालिका अस्पतालको विस्तार र सुविधासम्पन्न बनाउन कोईकाले यस भन्दा पहिले पनि ८.५ मिलियन अमेरिकि डलर सहयोग गरेको थियो । कोरिया सरकारको सहयोग रकमले अस्पताल विकास, विस्तारमा टेवा पुगेको भन्दै बिकटका नागरिकको स्वास्थ्य उपचारमासमेत टेवा पुग्ने विश्वास लिएको उनको भनाइ छ ।
निर्माणाधिन सुविधा सम्पन्न अस्पतालबाट नेपाल र कोरियाबीचको सम्बन्ध अझ प्रगाढ बन्ने नेपालका लागि दक्षिण कोरियाका राजदुत ताईयोङ्ग पार्कले बताए । यसबाट नागरिकले सहज उपचार सेवा पाउने कोइकाका नेपाल स्थित कन्ट्री डाईरेक्टर मुहेन कोङ्गले बताए । भक्तपुर, काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक रेफरल अस्पतालको रूपमा रहेको मध्यपुर थिमि नेपाल–किरिया मैत्री नगरपालिका अस्पताल अब सुविधा सम्मपन्न अस्पतालबाट झन सेवा लिन सहज हुने नगर उपप्रमुख विजय श्रेष्ठले बताए । कोरिया सरकारको यो दोश्रो चरणको सहयोग हो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठ सभाअध्यक्षमा सुरुभएको शिलान्यास कार्यक्रममा विशेष अतिथि प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, नेपालका लागि दक्षिण कोरियाका राजदुत ताईयोङ्ग पार्क, कोइकाका नेपाल स्थित कन्ट्री डाईरेक्टर मुहेन कोङ्ग, वागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ, भुवन केशरी श्रेष्ठ, धनेश्वरी प्रजापति, सुरेश श्रेष्ठ, चांगुनारायण नगरपालिका प्रमुख जिवन खत्री,
उप प्रमुख जिसस भक्तपुर सुजाता बाडे, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, डेपुटी कन्ट्री डाईरेक्टर ई युन सङ्ग, प्रो.डा. प्बलनलगायतको सहभागिता रहेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. डिके रौशनको स्वागत मन्तव्यबाट सुरुभएको भवन शिलान्यास कार्यक्रममा भवनको उत्कृष्ट डिजाईन गर्ने जेके एसोसियटसलाई उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहद्धारा प्रशंसा पत्र वितरण गरिएको थियो ।
भने मन्त्री प्रकाशमान सिंह, साँसद दुर्लभ थापा, नेपालका लागि दक्षिण कोरियाका राजदुत ताईयोङ्ग पार्क, कोइकाका नेपाल स्थित कन्ट्री डाईरेक्टर मुहेन कोङ्ग, डेपुटी कन्ट्री डाईरेक्टर, ई युन सङ्ग, प्रोडा. प्बलनलाई मायाको चिन्हो वितरण गरिएको थियो ।

