भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयको आग्रह

वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयको आग्रह

मध्यविन्दु । वन डढेलो सचेतना सप्ताह सुरु भएको छ । वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा सचेतना सप्ताह सुरु भएको छ । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनिकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोको उच्च जोखिम भएका जिल्लाहरू मध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) १६ औं स्थानमा रहेको छ ।

जिल्लामा दुई सय १२ वटा सामुदायिक वन, एक सय ६९ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एक वटा साझेदारी वन छन् । जिल्लाको कुल भूभागको ५८ प्रतिशत वन क्षेत्रले ढाकेको छ ।

जसअन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमुना अभ्यसा गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका गरिने जनाइएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने बताइएको हो ।

 


Thali Mobile Pvt.Ltd.