भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै |

तिब्बत र आन्ध्र महासागरमा भूकम्पको ताजा धक्का महसुस

तिब्बत र आन्ध्र महासागरमा भूकम्पको ताजा धक्का महसुस

एजेन्सी । तिब्बतमा गएको भूकम्पले निम्त्याएको विनाशपछि, हरेक दिन परकम्पहरू महसुस भइरहेका छन्। तिब्बत र आन्ध्र महासागरमा भूकम्पको ताजा धक्का महसुस गरिएको छ। जनवरीमा तिब्बतमा गएको भूकम्पले निम्त्याएको विनास पछि नयाँ भूकम्प गएको हो ।

शनिबार बिहान करिब १ बजे तिब्बतमा अर्को भूकम्प गएको छ, जसको तीव्रता म्याग्निच्युडमा ३.५ थियो। त्यस्तै शनिबार बिहान ५ः१५ बजेतिर आन्ध्र महासागरमा शक्तिशाली भूकम्प गयो, जसले दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापुहरूमा जमिन हल्लियो। यस भूकम्पको तीव्रता म्याग्निच्युडमा ६ मापन गरिएको थियो।

यस भूकम्पको केन्द्रबिन्दु समुद्र भित्र २४ किलोमिटर गहिराइमा रहेको पाइएको छ। तिब्बतमा राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो । बिहीबार पनि तिब्बतमा दिनभरि ३.५ देखि ४.३ म्याग्निच्युडका तीनवटा भूकम्प गएका थिए।

 


Thali Mobile Pvt.Ltd.