काठमाडौं । भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ । कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो । हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन् । अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन् । अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन् ।
सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिने बताएको छ। मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन् । घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...
काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्। शुक्रबार ओभल अफिसमा...
एजेन्सी, ६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भीषण दुर्घटना भएको छ । बिहान करिब २:३० बजे आएको भारी वर्षा र आँधीका कारण चार तले...
काठमाडौँ, ४ वैशाख । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । ट्रम्पको विश्वव्यापी...