भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या

सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या

काठमाडौं । भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ । कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो । हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन् । अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन् । अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन् ।

सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिने बताएको छ। मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन् । घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.