भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कलाकारसहित ११ जना जुवाडे पक्राउ

कलाकारसहित ११ जना जुवाडे पक्राउ

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा चर्चित कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् । टिभी सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका आचार्यसहित ११ जना शनिबार साँझ काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट पक्राउ परेको जिल्ला प्रहरी परिसरका अधिकृतले बताए ।

पक्राउ पर्नेमा एमाले नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।

काभ्रे बनेपा नगरपालिका १२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

उनीहरुको साथबाट एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास बरामद गरेको छ । प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.