भर्खरै : Sorry, your browser does not support inline SVG.
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट |

दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न चिकित्सक संघको माग

दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न चिकित्सक संघको माग

मुख्य बुँदा

टुथपेष्ट र सौन्दर्य सामग्रीमा सिसा अत्यधिक भेटिएको दाबी

नेपाल चिकित्सक सङ्घद्वारा कडा नियमनको माग

३१ प्रतिशत नमूनामा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा

दन्तमञ्जनका ४५ प्रतिशत नमूनामा सिसा भेटिएको खुलासा

बालबालिकाको बौद्धिक र स्नायु विकासमा गम्भीर असर पर्ने चेतावनी

गुणस्तर मापन र नियमित अनुगमन गर्न सरकारसँग आग्रह

काठमाण्डौ, २३ माघ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ ।

संघले विज्ञप्ति निकालेर दैनिक प्रयोगमा आउने टुथपेष्टलगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै कडा अनुगमनको माग गरेको हो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशका विभिन्न शहरमा गरेको पसलको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा ३१ प्रतिशत सङ्कलिन नमूनामा स्वीकृत अन्तरराष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर विषय रहेको सङ्घले जनाएको छ ।

दैनिक प्रयोग हुने दन्तमन्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा सिसा भेटिएको सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा निगमन गर्न सरकारसँग माग गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन लगायतका स्वास्थ्य सङ्घ सम्बन्धित निकायले सिसा मानिसको स्वास्थ्यका लागि अन्यन्त हानिकारक रहेको तथ्य प्रमाणित गरेका छन् ।

विज्ञप्तिमा बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणित तथ्य रहेको पाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.