भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भेटी चोरी प्रकरणः ढोडारीको घरबाट ६ लाख बरामद

भेटी चोरी प्रकरणः ढोडारीको घरबाट ६ लाख बरामद

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न आरोपमा पक्राउ परेका एक कर्मचारीको घरबाट छ लाख रुपियाँ बरामद भएको छ । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

गत जेठ ७ गते नासु ढोडारीसहित आठ जनालाई नियन्त्रणमा लिइएको थियो । मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारी अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

कोषको सिसिटिभी निगरानीका क्रममा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षका मुख्य कर्मचारी ढोडारीसहितका कर्मचारीले लुकाएर लाने गरेको खुलेको थियो । कोषाध्यक्ष सुवेदी जनता टेलीभिजनमा कार्यरत भएकोकै समयमा तत्कालीन पर्यटनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एस) का नेता प्रेमबहादुर आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.