भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भेटी चोरी प्रकरणः ढोडारीको घरबाट ६ लाख बरामद

भेटी चोरी प्रकरणः ढोडारीको घरबाट ६ लाख बरामद

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न आरोपमा पक्राउ परेका एक कर्मचारीको घरबाट छ लाख रुपियाँ बरामद भएको छ । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

गत जेठ ७ गते नासु ढोडारीसहित आठ जनालाई नियन्त्रणमा लिइएको थियो । मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारी अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

कोषको सिसिटिभी निगरानीका क्रममा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षका मुख्य कर्मचारी ढोडारीसहितका कर्मचारीले लुकाएर लाने गरेको खुलेको थियो । कोषाध्यक्ष सुवेदी जनता टेलीभिजनमा कार्यरत भएकोकै समयमा तत्कालीन पर्यटनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एस) का नेता प्रेमबहादुर आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.