भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

साउनको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । केदारनाथको शिर डोलेश्वरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको प्रिय महिना र बार भएकाले पनि यस अवसरमा डोलेश्वरमन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । यता देशकै पवित्र धार्मिक स्थल पशुपतिमा भक्तजनको भिड लागेको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहि आएको छ ।सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि पनि रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.