भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँच घण्टामा देशभर करिब ३२ लाख मत खस्यो, उपत्यकामा सबैभन्दा बढी सहभागिता

पाँच घण्टामा देशभर करिब ३२ लाख मत खस्यो, उपत्यकामा सबैभन्दा बढी सहभागिता

काठमाडौं, २१ फागुन । देशभर जारी मतदानमा पाँच घण्टाको अवधिमा करिब ३२ लाख मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म आइपुग्दा ३१ लाख ९० हजार ८८ मत खसेको छ । यो संख्या कुल मतदाताको १६.८८ प्रतिशत बराबर रहेको छ ।

देशका विभिन्न जिल्लामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उपस्थिति बढ्दै गएको छ । प्रदेशगत रूपमा हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत मतदान भएको छ ।

त्यसैगरी सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ । त्यहाँ १०.४६ प्रतिशत मात्रै मत खसेको तथ्यांकले देखाएको छ ।

निर्वाचन आयोगले मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आयोगका अनुसार साँझसम्म मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.