भर्खरै : Sorry, your browser does not support inline SVG.

पाँच घण्टामा देशभर करिब ३२ लाख मत खस्यो, उपत्यकामा सबैभन्दा बढी सहभागिता

पाँच घण्टामा देशभर करिब ३२ लाख मत खस्यो, उपत्यकामा सबैभन्दा बढी सहभागिता

काठमाडौं, २१ फागुन । देशभर जारी मतदानमा पाँच घण्टाको अवधिमा करिब ३२ लाख मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म आइपुग्दा ३१ लाख ९० हजार ८८ मत खसेको छ । यो संख्या कुल मतदाताको १६.८८ प्रतिशत बराबर रहेको छ ।

देशका विभिन्न जिल्लामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उपस्थिति बढ्दै गएको छ । प्रदेशगत रूपमा हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत मतदान भएको छ ।

त्यसैगरी सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ । त्यहाँ १०.४६ प्रतिशत मात्रै मत खसेको तथ्यांकले देखाएको छ ।

निर्वाचन आयोगले मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आयोगका अनुसार साँझसम्म मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.