भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दाताले दिएनन् गैँडा गणना गर्ने पैसा, कामै रोकियो

दाताले दिएनन् गैँडा गणना गर्ने पैसा, कामै रोकियो

चितवन । दाताले नदिँदा गैँडा गणना समेत प्रभावित भएको छ । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना दाताले नदिँदा आर्थिक अभावका कारण यो वर्ष प्रभावित भएको हो । चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा पाइन्छन्।

गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो। उक्त गणनाअनुसार त्यसबेला ७५२ गैँडा थिए। चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिङ्गे गैँडा थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा त्यस्ता गैँडा रहेका तथ्याङ्क छ।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेका विभागले जनाएको छ। यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए। यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो।

दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन।

यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैँडाको सङ्केतका आधारमा अवस्था पहिचान गरिने विभागले जनाएको छ । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.