भर्खरै : Sorry, your browser does not support inline SVG.

१७२ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी

१७२ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी

काठमाडौं । अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। अमेरिकाको डेनभरमा बिहीवार उक्त विमानमा ओगो लागेको हो ।
आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ।

आगोले विमान धुवाँले भरिएको थियो। विमानमा १७२ यात्रु सवार विमान कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ उड्ने तयारीमा रहेको थियो।

विमानमा अचानक आगलागी भएको र दुर्घटनाबाट कुनै पनि यात्रुको स्वास्थ्यमा असर नपरेको एयरलाइन्सले जनाएको छ । विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.