भर्खरै : Sorry, your browser does not support inline SVG.

सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५ सय कायम

सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५ सय कायम

काठमाडौं । एकै दिन सुनको मूल्यमा ४ हजार रुपैयाँले बढेको छ। शुक्रबार नेपाली बजारमा एकै दिन सुनको मूल्यमा ४ हजारले वृद्धि भएको हो ।

बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन। बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशलमव ६ अमेरिकी डलर र चाँदी ३३ दशलमव ८५ डलरमा कारोबार भइरहेको छ। शुक्रबार एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो।

 


Thali Mobile Pvt.Ltd.