भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु

मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाउन सुरु भएको छ ।

आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको काम अघि बढाइएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा। सञ्जीवविक्रम राणाले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षभित्र परामर्शदाता छनोट हुन्छ र काम सुरु भएको १४ महिनामा प्रतिवेदन तयार हुन्छ ।’

बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन भने पूरा गरिसकेको छ । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी खानेपानी आयोजनाअघि बढाउन लागिएको बताए ।

उनका अनुसार यो आयोजना मेलम्ची खानेपानी आयोजनाको विकल्पमा बनाउन लागिएको हो । वर्खापछि सञ्चालनमा आएको मेलम्ची खानेपानी अहिले फेरि बन्द भएको अवस्था छ । काठमाडौँ उपत्यकाको जनसङ्ख्या बढ्दै जाँदा मेलम्चीको पानी मात्रै पर्याप्त नहुने भएकाले नयाँ विकल्पमा काम सुरु गरिएको हो ।

सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी सङ्कलन गर्ने र उपत्यकामा पठाइने कार्यकारी निर्देशक राणाले बताए । उनका अनुसार उक्त आयोजनाबाट दैनिक १३ करोडदेखि १४ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिन्छ ।

उक्त आयोजनास्थल ललितपुरको सैंबु रिजर्भ वायरबाट करिब १९ किलोमिटर टाढा दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो ।

यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रुपमा हेरिएको छ । यस आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरिनेछ र सङ्कलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ । सिस्नेरीमा निर्माण हुने बाँधको लम्बाई एक सय ६२ मिटर र उचाई ६५ मिटर रहने छ । रासस

 


Thali Mobile Pvt.Ltd.