भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

सिंगापुर प्रहरीलाई नेपाल प्रहरीको जवाफः आतङ्कवादमा संलग्नता नरहेको पत्र, अफवाह फैलाएको भन्दै दिपेन्द्रद्धारा खण्डन

सिंगापुर प्रहरीलाई नेपाल प्रहरीको जवाफः आतङ्कवादमा संलग्नता नरहेको पत्र, अफवाह फैलाएको भन्दै दिपेन्द्रद्धारा खण्डन

काठमाडौँ । डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले गरेको पत्राचार बारे नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे जवाफ पठाएको छ । अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस) मा डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो ।

उक्त पत्रको जवाफ फर्काउँदै नेपाल प्रहरीले इस्लामिक आतङ्कवादी संगठनमा उनीहरु ‘आबद्ध नरहेको’ जानकारी गराउँदै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी अधिकृतले बताएका छन् । ‘उनीहरूको संलग्नताबारे खोजतलास गर्दा केही पनि देखिएन । त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाइसकेका छौँ ।’ ती अधिकृतले भने ।

हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न लाग्दा सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै केरकार गर्न थाल्यो । उनीहरू तीनै जनालाई सोधपुछ गरियो । हेमबहादुर शाही आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा बताए । तर, एक जनालाई केरकार गरेपछि तीनै जना त्यहि रोकिए ।

आफ्नो सम्पूर्ण विवरण दिएर उनीहरू मलेसिया फर्किए । त्यसपछि नेपाल प्रहरीले अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको निष्कर्षसहितको पत्र पठाएको छ ।

दिपेन्द्र शाहको खण्डन
आफ्नो नाम जोडेर मिडियामा आएका समाचार गलत भएको भन्दै दिपेन्द्र बहादुर शाहले खण्डन गर्दै त्यसविरुद्ध आफ्नो ध्यानाकर्षण भएको बताएका छन । सोमवार एक प्रेस विज्ञप्ति जारी गदै शाहले कुनैपनि गैरकानुनी गतिविधिमा आफ्नो संलग्नता नरहेको उनको भनाइ छ ।

आफूलाई जोडेर केही दिन यता विभिन्न सञ्चार माध्यममा आएका अनधिकृत प्रचार प्रसार तथा मिडियाबाजीका बारेमा आफ्नु गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । यस विषयमा प्रहरीले अनुसन्धान गर्नुपर्ने भन्दै आफूहरूको चरित्र हत्या गरिएकोमा दुःख व्यक्त गरे ।
यस्तो छ विज्ञप्ती:

 


Thali Mobile Pvt.Ltd.