काठमाडौँ । डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले गरेको पत्राचार बारे नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे जवाफ पठाएको छ । अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस) मा डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो ।
उक्त पत्रको जवाफ फर्काउँदै नेपाल प्रहरीले इस्लामिक आतङ्कवादी संगठनमा उनीहरु ‘आबद्ध नरहेको’ जानकारी गराउँदै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी अधिकृतले बताएका छन् । ‘उनीहरूको संलग्नताबारे खोजतलास गर्दा केही पनि देखिएन । त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाइसकेका छौँ ।’ ती अधिकृतले भने ।
हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न लाग्दा सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै केरकार गर्न थाल्यो । उनीहरू तीनै जनालाई सोधपुछ गरियो । हेमबहादुर शाही आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा बताए । तर, एक जनालाई केरकार गरेपछि तीनै जना त्यहि रोकिए ।
आफ्नो सम्पूर्ण विवरण दिएर उनीहरू मलेसिया फर्किए । त्यसपछि नेपाल प्रहरीले अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको निष्कर्षसहितको पत्र पठाएको छ ।
दिपेन्द्र शाहको खण्डन
आफ्नो नाम जोडेर मिडियामा आएका समाचार गलत भएको भन्दै दिपेन्द्र बहादुर शाहले खण्डन गर्दै त्यसविरुद्ध आफ्नो ध्यानाकर्षण भएको बताएका छन । सोमवार एक प्रेस विज्ञप्ति जारी गदै शाहले कुनैपनि गैरकानुनी गतिविधिमा आफ्नो संलग्नता नरहेको उनको भनाइ छ ।
आफूलाई जोडेर केही दिन यता विभिन्न सञ्चार माध्यममा आएका अनधिकृत प्रचार प्रसार तथा मिडियाबाजीका बारेमा आफ्नु गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । यस विषयमा प्रहरीले अनुसन्धान गर्नुपर्ने भन्दै आफूहरूको चरित्र हत्या गरिएकोमा दुःख व्यक्त गरे ।
यस्तो छ विज्ञप्ती:
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । देशभरका शिक्षकहरू आन्दोलनरत रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू विद्यालय छाडेर राजधानी केन्द्रित आन्दोलनमा रहे...
काठमाडौँ । सरकारले सुपारी आयातमा लागू रहेको कोटा हटाएपछि देशमा सुपारी आयात ह्वात्तै बढेको छ। भन्सार विभागका अनुसार २०८१ र ८२ को नौ महिनामा ५८ करोड ८३ लाख रुपैयाँभन्दा...
भक्तपुर । नेपालको प्राचीन धार्मिक र सांस्कृतिक सम्पदाले सजिएको रत्नचूड पर्वत (नगरकोट) को काखमा अवस्थित कलमसीमा १०८ फिट अग्लो भगवान महादेवको भव्य मूर्ति निर्माणका लागि शिव पुराण ज्ञान महायज्ञको...
इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू...