भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित

बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित भएको छ । बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दरबीच भिन्नता रहेको कारण सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक हप्तादेखि स्थगित रहेको शल्यक्रिया सेवा सञ्चालन हुन अझै केही दिन लाग्न सक्ने प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले बताए । भदौ १ बाट सेवा सुविधाको शुल्क परिमार्जित गरेको र दुई हप्ता अगाडि अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट उपचार बापतको रकम प्राप्त नभएको भन्दै सेवा दिन नसक्ने जनाएको थियो ।

सरकारबाट प्राप्त हुनुपर्ने तीन वर्षको लक्षित वर्गको प्रिमियम ८ अर्ब ७५ करोड र यस वर्षको अनुदान ७ अर्ब प्राप्त हुनासाथ असारसम्मको सबै भुक्तानी गर्ने बताइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.