भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित

बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित image

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित भएको छ । बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दरबीच भिन्नता रहेको कारण सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक हप्तादेखि स्थगित रहेको शल्यक्रिया सेवा सञ्चालन हुन अझै केही दिन लाग्न सक्ने प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले बताए । भदौ १ बाट सेवा सुविधाको शुल्क परिमार्जित गरेको र दुई हप्ता अगाडि अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट उपचार बापतको रकम प्राप्त नभएको भन्दै सेवा दिन नसक्ने जनाएको थियो ।

सरकारबाट प्राप्त हुनुपर्ने तीन वर्षको लक्षित वर्गको प्रिमियम ८ अर्ब ७५ करोड र यस वर्षको अनुदान ७ अर्ब प्राप्त हुनासाथ असारसम्मको सबै भुक्तानी गर्ने बताइएको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.