भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर जीवन्त सहर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिको सुझाव

भक्तपुर जीवन्त सहर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिको सुझाव

भक्तपुर । लागू पदार्थले मानिसको मानसिक र शारिरीक स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले यसको कुलतबाट जोगाउन युवा पुस्तालाई विभिन्न गतिविधिहरुमा लाग्न भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिनुभएको छ ।

भक्तपुर जीवन्त सहर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिको सुझाव

जिल्ला प्रहरी परिसर, भक्तपुर र सरोकारवाला निकायको सहभागितामा लागू औषध ओसार–पसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भनपा–५ टौमढीमा बोल्दै मेयर प्रजापतिले उक्त कुरा बनाउनु भएको हो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य सँगसँगै संस्कृति संरक्षणलाई महत्व दिंदै विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुहुँदै भक्तपुरको जीवन्त सहर बनाउन सबैले आ–क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिले सुझाव दिनुभयो ।

कार्यक्रमका सभापति एवं प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले लागू औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रणको लागि आयोजना गरिएको जनचेतनामूलक कार्यक्रमले भक्तपुरबासीलाई सकारात्मक सन्देश दिने आशा व्यक्त गर्नुभयो ।

भक्तपुर जिल्लास्तरीय अन्तर विद्यालय कविता लेखन प्रतियोगितामा कविता वाचनका लागि छानिएका उत्कृष्ट १० जना विद्यार्थीहरुमध्ये मेरिगोल्ड ई.से. स्कूलका आन्भी पाण्डे प्रथम, मेरिगोल्ड ई.से. स्कूलकै आसुतोष पोखरेल द्वितीय, राजर्शी गुरुकुलका प्रनिसा खड्का तृतीय र गणेश मावि, सूर्यविनायकका संजिता थापामगर सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कार, प्रशंसा पत्रका साथै अन्य उपहार मेयर प्रजापतिले प्रदान गर्नभएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक सानु श्रेष्ठले लागू औषध न्यूनीकरण मुख्य उद्देश्य रहेको बताउनुभयो । साथै कार्यक्रममा भक्तपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छे, भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, पत्रकार महासंघका अध्यक्ष जगत प्रजापति लगायत कविता प्रतियोगिताका मूल्यांकनकर्ताहरु उदयराज निरौला, बीरेन्द्र नेपाल र देवी प्रसाद दाहालको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.