भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

भक्तपुर जीवन्त सहर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिको सुझाव

भक्तपुर जीवन्त सहर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिको सुझाव

भक्तपुर । लागू पदार्थले मानिसको मानसिक र शारिरीक स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले यसको कुलतबाट जोगाउन युवा पुस्तालाई विभिन्न गतिविधिहरुमा लाग्न भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिनुभएको छ ।

भक्तपुर जीवन्त सहर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिको सुझाव

जिल्ला प्रहरी परिसर, भक्तपुर र सरोकारवाला निकायको सहभागितामा लागू औषध ओसार–पसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भनपा–५ टौमढीमा बोल्दै मेयर प्रजापतिले उक्त कुरा बनाउनु भएको हो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य सँगसँगै संस्कृति संरक्षणलाई महत्व दिंदै विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुहुँदै भक्तपुरको जीवन्त सहर बनाउन सबैले आ–क्षेत्रबाट योगदान गर्न मेयर प्रजापतिले सुझाव दिनुभयो ।

कार्यक्रमका सभापति एवं प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले लागू औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रणको लागि आयोजना गरिएको जनचेतनामूलक कार्यक्रमले भक्तपुरबासीलाई सकारात्मक सन्देश दिने आशा व्यक्त गर्नुभयो ।

भक्तपुर जिल्लास्तरीय अन्तर विद्यालय कविता लेखन प्रतियोगितामा कविता वाचनका लागि छानिएका उत्कृष्ट १० जना विद्यार्थीहरुमध्ये मेरिगोल्ड ई.से. स्कूलका आन्भी पाण्डे प्रथम, मेरिगोल्ड ई.से. स्कूलकै आसुतोष पोखरेल द्वितीय, राजर्शी गुरुकुलका प्रनिसा खड्का तृतीय र गणेश मावि, सूर्यविनायकका संजिता थापामगर सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कार, प्रशंसा पत्रका साथै अन्य उपहार मेयर प्रजापतिले प्रदान गर्नभएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक सानु श्रेष्ठले लागू औषध न्यूनीकरण मुख्य उद्देश्य रहेको बताउनुभयो । साथै कार्यक्रममा भक्तपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छे, भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, पत्रकार महासंघका अध्यक्ष जगत प्रजापति लगायत कविता प्रतियोगिताका मूल्यांकनकर्ताहरु उदयराज निरौला, बीरेन्द्र नेपाल र देवी प्रसाद दाहालको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.