भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मलेसियामा बेपत्ता गोपाल ८ वर्षपछि घर आइपुगे

मलेसियामा बेपत्ता गोपाल ८ वर्षपछि घर आइपुगे

झापा । रोजगारीका लागि मलेसिया पुगेर बेपत्ता भएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे ८ वर्षपछि घर आइपुगेका छन् ।

अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरी नेपाल पठाएको हो । आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो ।

क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर पुगेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताए । मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल भएकाे थियाे ।

आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र  नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको हाे ।

गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको चोलाराज पङ्गेनीले बताए ।

विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए । घर फर्किँदा उनी ३७ वर्षको भइसके ।

मलेसिया पुगेको एक सातापछि उनमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरेकी छिन् । उनले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिन् ।

 


Thali Mobile Pvt.Ltd.