भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट तस्करी

चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट तस्करी image

काठमाडौं । चीनबाट नेपाल हुँदै भारत लगिएको आठ लाख भारु बराबरको अवैध ई–सिगरेट जफत गरिएको नोयडा प्रहरीले जनाएको छ । सिगरेट ‘तस्करी’ गर्ने व्यक्तिलाई सोमबार नोयडाको सेक्टर ३९ बाट पक्राउ गरिएको जनाइएको छ ।

उक्त सिगरेट नेपाल हुँदै मारुती स्वीफ्ट कारमा उत्तराखण्डबाट दिल्ली लगेर बेच्ने तयारी गरिएको जनाइएको छ । पक्राउ गरिएका व्यक्ति उत्तराखण्डको उद्धमसिंह नगरमा बस्ने ३५ वर्षीय रियाज अहमद भएको नोयडाका प्रहरी एडीसीपी मनीषकुमार मिश्रले बताएका छन् ।

प्रहरीका अनुसार, मल्टी फ्लेभरको उक्त ई–सिगरेट अमेरिकामा डिजाइन गरिएको र चीनमा बनाइएको हो । प्रहरीका अनुसार, त्यस्ता ई–सिगरेट दिल्लीका बार र रेस्टुरेन्टहरूमा बिक्री गर्ने गरिएको छ । प्रहरीले उक्त कारलाई पनि ‘सिज’ गरेको छ । ई–सिगरेट वा भेप एक विद्युतीय चुरोट हो जुन ब्याट्रीबाट चल्छ । श्वास लिने बाफमा निकोटिन हुन्छ ।

भारतीय प्रहरीले यसअघि गएको जुन १४ मा एक करोड भारुको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरेको थियो । जुन २४ मा पनि ४५ लाख भारु बराबरको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरिएको जनाएको छ ।

यस्तै, गएको आइतबार राति ३० वर्षीय रन्जीत नामक बरोलाको सेक्टर ४९ मा बस्ने व्यक्तिलाई ई–सिगरेट र भाङ बेच्दै गरेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । हिन्दुस्तान टाइम्स

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कुटपिटबाट एकजनाको मृत्यु image

    कुटपिटबाट एकजनाको मृत्यु

    झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद...

  • धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ image

    धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ

    जनकपुर । धनुषा प्रहरीले आफ्नै डिएसपीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । आफू डिएसपी भएको...

  • १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा image

    १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा

    पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । गत...

  • डस्टबिनभित्र सालनाल सहितको मृत शिशु image

    डस्टबिनभित्र सालनाल सहितको मृत शिशु

    प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...


hotelghyampedanda