भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट तस्करी

चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट तस्करी

काठमाडौं । चीनबाट नेपाल हुँदै भारत लगिएको आठ लाख भारु बराबरको अवैध ई–सिगरेट जफत गरिएको नोयडा प्रहरीले जनाएको छ । सिगरेट ‘तस्करी’ गर्ने व्यक्तिलाई सोमबार नोयडाको सेक्टर ३९ बाट पक्राउ गरिएको जनाइएको छ ।

उक्त सिगरेट नेपाल हुँदै मारुती स्वीफ्ट कारमा उत्तराखण्डबाट दिल्ली लगेर बेच्ने तयारी गरिएको जनाइएको छ । पक्राउ गरिएका व्यक्ति उत्तराखण्डको उद्धमसिंह नगरमा बस्ने ३५ वर्षीय रियाज अहमद भएको नोयडाका प्रहरी एडीसीपी मनीषकुमार मिश्रले बताएका छन् ।

प्रहरीका अनुसार, मल्टी फ्लेभरको उक्त ई–सिगरेट अमेरिकामा डिजाइन गरिएको र चीनमा बनाइएको हो । प्रहरीका अनुसार, त्यस्ता ई–सिगरेट दिल्लीका बार र रेस्टुरेन्टहरूमा बिक्री गर्ने गरिएको छ । प्रहरीले उक्त कारलाई पनि ‘सिज’ गरेको छ । ई–सिगरेट वा भेप एक विद्युतीय चुरोट हो जुन ब्याट्रीबाट चल्छ । श्वास लिने बाफमा निकोटिन हुन्छ ।

भारतीय प्रहरीले यसअघि गएको जुन १४ मा एक करोड भारुको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरेको थियो । जुन २४ मा पनि ४५ लाख भारु बराबरको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरिएको जनाएको छ ।

यस्तै, गएको आइतबार राति ३० वर्षीय रन्जीत नामक बरोलाको सेक्टर ४९ मा बस्ने व्यक्तिलाई ई–सिगरेट र भाङ बेच्दै गरेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । हिन्दुस्तान टाइम्स

 

 


Thali Mobile Pvt.Ltd.