भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धनुषामा कुटपिटबाट श्रीमानको हत्या, श्रीमती घाइते

धनुषामा कुटपिटबाट श्रीमानको हत्या, श्रीमती घाइते

काठमाडौं । धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। धनुषाधाम नगरपालिका वडा नम्बर २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको छ भने उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन्।

धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको हो । बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो। घटना लगतै घटनामा संलग्न आरोपमा आमाछोरालाई प्रहरी पक्राउ गरेको प्रवक्ता आवाले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.