भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको दक्ष उद्धार टिम परिचालन

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको दक्ष उद्धार टिम परिचालन

काठमाडौँ । शुक्रवार राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएको छन् । भूकम्पमा परी १०ः३० बजेसम्ममा जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३८ जना गरी १ सय ३३ जनाको मृत्यु भएको छ भने १ सय ५५ जनाको उद्धार गरिएको छ ।

भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रा. सशस्त्र प्रहरीनिरीक्षक डा.निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली, नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना खटिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलको नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी जम्मा १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरु आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ ।

त्यसैगरी पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा. सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुलीको कमाण्डमा ९ जना, नं. २९ ज्वालामाई गणदाङ्गबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जना, नं. ४७ गुल्म पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट २ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ११ जना, आश्रित गुल्म सल्यानबाट २५ जना गरी जम्मा १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरुमा विपद् उद्धारका दक्ष जनशक्ति समेत परिचालन गरेको सशस्त्र प्रहरी बलले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.