भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जाजरकोट भूकम्प अपडेटः मृतकको सङ्ख्या १ सय ४३ पुग्यो, १६६ जना घाइते

जाजरकोट भूकम्प अपडेटः मृतकको सङ्ख्या १ सय ४३ पुग्यो, १६६ जना घाइते

काठमाडौँ । गएराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ४३ पुगेको छ । भूकम्प परी हालसम्म १ सय ६६ घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । जाजरकोटमा ८१ जना घाइते भएका छन । रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।

यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.