भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरु थप समस्यामा

भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरु थप समस्यामा

काठमाण्डौ । जाजरकोटका जनताले पालमा रात विताएको एक महिना पुगेको छ । कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किएपछि त्यहाँका जनता पाल मुनी बास बस्न बाध्य भएका हुन । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना भएपनि भूकम्पमा जोगिएकाहरुलाई चिसोले सताउन लागेको छ ।

३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुनः स्थापनामा त्यति प्रभावकारी काम गर्न नसकेको स्थानीयको भनाई छ । झाडापखाला, ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् ।

मुटु रोगी, दम, रक्तचाप र मधुमेहका बिरामीको अवस्था कमजोर बन्दै गएको छ । जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ गरी २२ जनाले चिसोबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी छन् । भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरु थप समस्यामा परेका छन् । यसबाट सबैभन्दा धेरै जोखिममा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका परेका छन् । जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति गर्‍यो ।

भूकम्प पीडितको लागि सरकार र विभिन्न राजनीतिक दलहरु एक भएर तत्काल अस्थायी आवास र त्यससँगै स्थायी पुनर्निर्माणमा जुट्नुपर्ने स्थानीयको माग छ । वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी समस्यामा परेको र भूकम्पमा परेर एक सय ५४ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.