भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अनुमति पत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाउने प्राधिकरणको चेतावनी

अनुमति पत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाउने प्राधिकरणको चेतावनी

काठमाण्डौ । वित्तीय विवरण नबुझाएका ३० वटा कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । प्राधिकरणले सात दिनभित्र सम्पर्क गर्न ३० कम्पनीका नाममा सूचना जारी गरेको हो ।

बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक÷पटक सम्पर्क एवम् पत्राचार गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा तोकिएको ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न प्रधिकरणले आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति पत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिइएको छ ।

दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमति पत्र प्राप्त ३० कम्पनीले नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा नबुझाएको नदेखिएको प्राधिकरणले समयमै बुझाउँन आग्रह गरेको सूचनामा उल्लेख छ ।

 

 


Thali Mobile Pvt.Ltd.