भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, स–साना सुनामीका लहर देखा

उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, स–साना सुनामीका लहर देखा

एजेन्सी, २४ कार्तिक । जापानको उत्तरपूर्वी कुजि क्षेत्रमा हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विभागका अनुसार भूकम्प समुद्र सतहदेखि करिब १६ किलोमिटर गहिराइमा गएको हो।

प्रारम्भिक मापन अनुसार केही तटीय क्षेत्रमा १० देखि २० सेन्टिमिटरसम्मका स–साना सुनामीका लहरहरू देखिएका थिए, तर अहिलेसम्म ठूलो क्षति वा बाढीको विवरण आएको छैन, यूरोन्यूजले जनाएको छ।

अहिलेसम्म मानवीय वा भौतिक क्षतिको औपचारिक विवरण आएको छैन। भूकम्प गएको क्षेत्र नजिकै रहेका दुईवटा परमाणु ऊर्जा संयन्त्र सुरक्षित रहेका र कुनै क्षति नभएको बताइएको छ।

भूकम्पका कारण केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने टोहोको शिंकान्सेन बुलेट रेल सेवा अस्थायी रूपमा रोकिएको जनाइएको छ। सुरक्षाका लागि उद्धार टोली र स्थानीय प्रशासनलाई सतर्क रहन र सम्भावित परकम्पका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

जापानकी प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जालमार्फत नागरिकलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्कता अपनाउन आग्रह गरेकी छन्। मौसम विभागले आउँदो केही दिनसम्म परकम्पहरू आउन सक्ने चेतावनी पनि दिएको छ।

 


Thali Mobile Pvt.Ltd.