भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक सरूवासम्बन्धी निर्देशिका खारेज गर्न माग

शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक सरूवासम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरूवासम्बन्धी निर्देशिका २०८१ लाई खारेज गर्न स्थानीय तहहरूको छाता संस्थाहरू नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले माग गरेका छन्।

सामुदायिक विद्यालयमा कार्यरत रहेका स्थायी शिक्षकहरूको सरूवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, बस्तुनिष्ठ र पारदर्शी बनाउन भन्दै गत जेठ १३ गते मन्त्रालयले शिक्षक सरूवासम्बन्धी निर्देशिका ल्याएको थियो। संविधानले आधारभूत तथा माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकारको सूचीमा राखिएकोमा संघले निर्देशिका ल्याएर हस्तक्षेप गर्न खोजेको भन्दै नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले विरोध गरेका हुन्।

साथै उनीहरूले ७५३ वटै स्थानीय तहहरूलाई मन्त्रालयले जारी गरेको शिक्षक सरूवासम्बन्धी निर्देशिका कार्यान्वयन नगरी संविधान र गाउँ वा नगरबाट जारी स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न पनि आग्रह गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.