काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरूवासम्बन्धी निर्देशिका २०८१ लाई खारेज गर्न स्थानीय तहहरूको छाता संस्थाहरू नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले माग गरेका छन्।
सामुदायिक विद्यालयमा कार्यरत रहेका स्थायी शिक्षकहरूको सरूवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, बस्तुनिष्ठ र पारदर्शी बनाउन भन्दै गत जेठ १३ गते मन्त्रालयले शिक्षक सरूवासम्बन्धी निर्देशिका ल्याएको थियो। संविधानले आधारभूत तथा माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकारको सूचीमा राखिएकोमा संघले निर्देशिका ल्याएर हस्तक्षेप गर्न खोजेको भन्दै नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले विरोध गरेका हुन्।
साथै उनीहरूले ७५३ वटै स्थानीय तहहरूलाई मन्त्रालयले जारी गरेको शिक्षक सरूवासम्बन्धी निर्देशिका कार्यान्वयन नगरी संविधान र गाउँ वा नगरबाट जारी स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न पनि आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...