एलन मस्कले पाए विशेष भूमिका

एलन मस्कले पाए विशेष भूमिका

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवारी चयन गर्नका व्यस्त छन् । ट्रम्पले चुनाव जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कलाई विशेष जिम्मेवारी दिएका छन् । ट्रम्पले रिपब्लिकबाट उम्मेदवारी दाबी गरेका विवेक रामाश्वामी र मस्का लागि नयाँ विभागको जिम्मेवारी दिएका हुन् । उनले रामाश्वामी र मस्कका लागि डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसेन्सीको नेतृत्व दिएका हुन् ।

अन्त्यन्त महत्त्वकांक्षी मानिएको यो परियोजनाको समय ४ जुलाई २०२६ सम्मको छ ।कर्मचारीतन्त्र, खेर गएका वस्तुको उपयोग गर्ने क्षेत्र तथा ‘सेभ अमेरिका’ अभियानमा सहयोगी हुने कुनै पनि क्षेत्रमा उनीहरूको उपस्थिति महत्त्वपूर्ण हुनसक्ने विश्वास गरिएको छ। पिटर हेगसेठलाई डिफेन्स सेक्रेटरीको रूपमा चयन गरेका छन् ।

आर्मी भेट्रान, फक्स न्युजका हस्ट तथा दुई सैन्य निकायका लागि सल्लाहकार समूहको प्रमुखको रूपमा काम गरेको अनुभव भएका उनी यस अघि मिनोस्टाको सिनेट सदस्यका लागि गरेको प्रयासमा असफल भएका थिए । अमेरिकाका शत्रु बारे पिटरलाई राम्रोसँग थाहा भएको तथा उनको कार्यकालमा अमेरिकाका सामु उसका शत्रु सहजै विफल हुने विश्वास ट्रम्पले राखेका छन् ।

अहिले रुस अमेरिका युद्ध र मध्यपूर्वका युद्ध चलिरहेको समयमा अमेरिकाको अबको नीतिका बारे चासो भइरहेको समयमा यो नियुक्ति महत्त्वपूर्ण मानिएको छ । राष्ट्रिय गुप्तचरका निर्देशक जोन रेटक्लिफ सिआइएका प्रमुख चयन भएका छन् । यसैगरी ट्रम्पले माइक हुकाबीलाई इजरायलका लागि नयाँ राजदूत चयन गरे । माइक वाल्ज राष्ट्रिय सुरक्षा सल्लाहकार पनि चयन भइसकेका छन् ।

रेटक्लिप सन् २०१९ मा राष्ट्रिय राष्ट्रिय गुप्तचरको प्रमुख चयन भएका थिए । उनको नियुक्तिको दोस्रो दिन नै कङ्ग्रेसमा समेत यस विषयमा कुरा उठेको थियो । दुवै दलले उनको योग्यतामाथि प्रश्न उठाएपछि उनको नियुक्तिको निर्णय एक दिनमा नै फिर्ता गरिएको थियो । सन् २०२० मा उनलाई गलत व्यवहार गरिएकोमा पछुतो मान्दै ट्रम्पले अर्को पटक नियुक्त गरेका थिए । सैन्य भेट्रान वाल्ज भने सेनामै लामो समय बिताएका व्यक्ति हुन् ।

उनले यसबीचमा मध्यपूर्व, अफगानिस्तान र अफ्रिकामा रहेर काम गरी सकेका छन् । मध्यपूर्वको दूतमा रियल स्टेटका व्यापारी स्टिभ विकोटकोभलाई नियुक्त गरेका छन्। विटकोभ ट्रम्पको चुनावी अभियानमा मुख्य चन्दा दाता मध्येका एक थिए । ट्रम्पले ह्वाइट हाउस काउन्सेलमा विलियम जोसेफ म्याकगिन्लेलाई नियुक्त गरेका छन् । ट्रम्पले केही समय अघि मात्र दक्षिणी डाकोटाका गभर्नर क्रिस्टी नोयमलाई होमल्यान्ड सेक्युरिटी विभागको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.