भर्खरै : Sorry, your browser does not support inline SVG.

चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बलियो संयन्त्र आवश्यक

चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बलियो संयन्त्र आवश्यक

मुख्य बुँदा

चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट फैलिने मिथ्या सूचना चुनौती

विशेष निगरानी र नियन्त्रण संयन्त्र निर्माणको आवश्यकता

निर्वाचन आचारसंहिता २०८२ अनुसार समिति गठन

सामाजिक सञ्जाल नियमनलाई उच्च प्राथमिकता

नियामक, अनुसन्धान र अभियोजन निकायसँग सहकार्य अपरिहार्य

काठमाण्डौ, २२ पुष । चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बलियो र व्यवस्थित संयन्त्र निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्रीले आचारसंहिता कार्यान्वयनमा चुनौती थपेकाले त्यसको नियन्त्रणका लागि विशेष संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले निर्वाचनको समयमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट प्रवाह हुने गलत सूचना र उक्साहटपूर्ण सामग्री नियन्त्रण गर्न प्रभावकारी संयन्त्र गठन गर्नुपर्नेमा जोड दिएको हो । बैठकले डिजिटल निगरानी, अनुसन्धान र छिटो कारबाहीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ अनुसार गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठक निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको थियो । बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल नियमन आजको निर्वाचन व्यवस्थापनको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो ।

उहाँले प्रविधिको दुरुपयोग रोक्न प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँग घनिष्ठ सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । अनुगमन समितिका संयोजक जबराले विगतका निर्वाचनमा देखिएका कमजोरी सुधार गर्दै यसपटक आचारसंहिता कार्यान्वयनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.