भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बलियो संयन्त्र आवश्यक

चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बलियो संयन्त्र आवश्यक

मुख्य बुँदा

चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट फैलिने मिथ्या सूचना चुनौती

विशेष निगरानी र नियन्त्रण संयन्त्र निर्माणको आवश्यकता

निर्वाचन आचारसंहिता २०८२ अनुसार समिति गठन

सामाजिक सञ्जाल नियमनलाई उच्च प्राथमिकता

नियामक, अनुसन्धान र अभियोजन निकायसँग सहकार्य अपरिहार्य

काठमाण्डौ, २२ पुष । चुनावी आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बलियो र व्यवस्थित संयन्त्र निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्रीले आचारसंहिता कार्यान्वयनमा चुनौती थपेकाले त्यसको नियन्त्रणका लागि विशेष संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले निर्वाचनको समयमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट प्रवाह हुने गलत सूचना र उक्साहटपूर्ण सामग्री नियन्त्रण गर्न प्रभावकारी संयन्त्र गठन गर्नुपर्नेमा जोड दिएको हो । बैठकले डिजिटल निगरानी, अनुसन्धान र छिटो कारबाहीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ अनुसार गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठक निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको थियो । बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल नियमन आजको निर्वाचन व्यवस्थापनको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो ।

उहाँले प्रविधिको दुरुपयोग रोक्न प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँग घनिष्ठ सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । अनुगमन समितिका संयोजक जबराले विगतका निर्वाचनमा देखिएका कमजोरी सुधार गर्दै यसपटक आचारसंहिता कार्यान्वयनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.