भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सबै धार्मिक सम्प्रदायबीच सद्भाव कायम राख्न मधेशी, थारु र मुस्लिम आयोगको अपिल

सबै धार्मिक सम्प्रदायबीच सद्भाव कायम राख्न मधेशी, थारु र मुस्लिम आयोगको अपिल

काठमाण्डौ, २२ पुष । मधेशी, थारु र मुस्लिम आयोगले सामाजिक सद्भाव बिथोलिने खालका कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

ती आयोगले संयुक्त विज्ञप्ति जारी गर्दै सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव, सहिष्णुता र मैत्री कायम गर्न अपिल गरेका हुन् ।विज्ञप्तिमा नेपाली समाज सदियौँदेखि आपसी सद्भाव, सहिष्णुता र एक–अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म तथा सम्प्रदायबीच मिलेर बस्दै आएको उल्लेख गरिएको छ ।

तर पछिल्लो समय तराई–मधेशका केही स्थानमा धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि देखिएको भन्दै त्यसप्रति आयोगहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आयोगले समाजमा विद्यमान आपसी विश्वास, भाइचारा र सामाजिक एकतालाई कमजोर पार्ने कुनै पनि उक्साहटपूर्ण गतिविधिबाट टाढा रहन सबै धार्मिक समुदाय, राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई संयुक्त रूपमा आग्रह गरेका छन् । सामाजिक सद्भाव र शान्ति कायम गर्नु सबैको साझा दायित्व भएको आयोगहरूको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.