भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

शान्तिसम्झौता उल्लंघन गर्दै थाइल्याण्ड र कम्बोडियाबीच पुनः आक्रमण

शान्तिसम्झौता उल्लंघन गर्दै थाइल्याण्ड र कम्बोडियाबीच पुनः आक्रमण

एजेन्सी, २२ काठमाडौं । दुई महिनाअघि भएको शान्तिसम्झौता उल्लंघन गर्दै थाइल्याण्ड र कम्बोडियाबीच पुनः सशस्त्र झडप सुरु भएको छ। थाइल्याण्डले कम्बोडियामाथि हवाई आक्रमण आरम्भ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ।

विवादित सीमा क्षेत्रमा दुवै देशले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएका छन्। कम्बोडियाली सेनामाथि गोली प्रहार भएको आरोपसहित रोयल थाई सेनाले हवाई आक्रमण शुरू गर्ने घोषणा गरेको थाई जनरल विन्थाई सुवारीले बताएका छन्।

उनका अनुसार चोङ बोक क्षेत्रमा कम्बोडियाको आक्रमणबाट थाई सेनाका एक जवानको मृत्यु र दुई जना घाइते भएका छन्। यता कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले थाइल्याण्डकै सेनाले सीमावर्ती प्रेह विहार र ओड्दार मिन्चे स्थलमा आक्रमण थालेको दाबी गरे।

कम्बोडियाले भने कुनै प्रतिरोध वा ‘बदला’ नलिएको दाबी गरेको एएफपी समाचार एजेन्सीले उल्लेख गरेको छ। दुवै मुलुकबीच यसअघि पनि गत जुलाईमा पाँच दिनसम्म तीव्र संघर्ष भएको थियो, जसमा दर्जनौंको मृत्यु र करिब दुई लाख मानिस विस्थापित भएका थिए।

जुलाई २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा प्रारम्भिक युद्धविराम भएको भए पनि हाल पुनः तनाव चर्किएको छ।

 


Thali Mobile Pvt.Ltd.