भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

ऊर्जा क्षेत्रमा २ खर्ब लगानी जोखिममा : ३६ हजार मेगावाट लाइसेन्स, पीपीए अन्योल

ऊर्जा क्षेत्रमा २ खर्ब लगानी जोखिममा : ३६ हजार मेगावाट लाइसेन्स, पीपीए अन्योल

मुख्य बुँदा 

३६ हजार मेगावाटका लाइसेन्स जारी

झन्डै २ खर्ब रुपैयाँ लगानी जोखिममा

१२,५०० मेगावाट मात्र पीपीए सम्पन्न

१०० भन्दा बढी प्रवर्द्धक र बैंक जोखिममा

ओपन एक्सेस र ह्विलिङ चार्ज नीतिगत सुधारको माग

निजी क्षेत्रलाई सिधै विद्युत् बिक्री गर्न अनुमति दिन आग्रह

काठमाडौँ, ६ फागुन  । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् अनुमतिपत्र (लाइसेन्स) मा भएको झन्डै २ खर्ब रुपैयाँ लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले विद्युत् खरिद सम्झौता (पीपीए) मा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र नै धराशायी हुन सक्ने चेतावनी दिएका हुन् । सरकारले उत्पादनका लागि लाइसेन्स दिए पनि उत्पादित विद्युत् खरिदको सुनिश्चितता नगर्दा निजी क्षेत्रको ठूलो लगानी संकटमा परेको अध्यक्ष कार्कीको भनाइ छ ।

उनका अनुसार हालसम्म झन्डै ३६ हजार मेगावाट बराबरका आयोजनाहरूले लाइसेन्स लिइसकेका छन् । ती परियोजनाहरूको प्रारम्भिक चरणमै करिब २ खर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर ३६ हजार मेगावाटका लाइसेन्स जारी हुँदा जम्मा १२ हजार ५ सय मेगावाटको मात्र पीपीए भएको अवस्थालाई उनले गम्भीर समस्या बताएका छन् ।

सरकार वा विद्युत् प्राधिकरणले बिजुली किनिदिने ग्यारेन्टी नगर्दा १०० भन्दा बढी लाइसेन्सधारी प्रवर्द्धक तथा उनीहरूसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरू जोखिममा परेको कार्कीले उल्लेख गरे ।

ऊर्जा क्षेत्रको दिगो विकासका लागि ‘ओपन एक्सेस’, ‘ह्विलिङ चार्ज’ र प्रशारण लाइन निर्माणसम्बन्धी नीतिगत गाँठो फुकाउन इप्पानले माग गरेको छ । यदि सरकारले सबै विद्युत् खरिद गर्न नसक्ने हो भने निजी क्षेत्रलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा सिधै विद्युत् बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

राजनीतिक अस्थिरता र बारम्बार सरकार परिवर्तनले दीर्घकालीन ऊर्जा योजनामा असर परेको भन्दै उनले आगामी सरकारले ऊर्जालाई राष्ट्रिय समृद्धिको मुख्य आधारका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । साथै प्रशारण लाइनमा लगानी जुटाउन र पीपीए सरह सहज ऋण प्रवाहको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.