भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

प्रदुषणरहित,वातावरणमैत्री चाँगुनारायण नगरपालिका हाम्रो पहिलो प्राथमिकता होः मेयर खत्री

प्रदुषणरहित,वातावरणमैत्री चाँगुनारायण नगरपालिका हाम्रो पहिलो प्राथमिकता होः मेयर खत्री image

भक्तपुर । वातावरणलाई स्वच्छ राख्न चाँगुनारायण नगरपालिका लागि परेको चाँगुनारायण नगरपालिका प्रमुख जिवन खत्रीले बताउनुभएको छ । बुधबार विश्व वातावरण दिवसको अवसरमा आयोजित हरित प्रदर्शनीमा मेयर खत्रीले उक्त कुरा बताउँनु भएको हो ।

उहाँले नगरपालिकाले दिएका विभिन्न प्रशिक्षण, शीप, निर्माण सामग्रीको प्रदर्शनीमार्फत सकारात्मक सन्देश फैलाउनका लागि हरित प्रदर्शनी मेला आयोजना गरेको जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाको पहिलो प्रयासले समग्र चाँगुनारायण नगरपालिकालाई वातावरणमैत्री बनाउन जिम्मेवारीका अगाडी बढन प्रेरणा मिलेको बताउँदै मेयर खत्रीले नगरबासीहरुले वातावरण जोगाउँने कुरा व्यवहारमा लागु गराउन आग्रह गर्नुभयो ।

उहाँले भन्नु भयो “ सबैले आ–आफनौ ठाउँबाट वातावरण जोगाउँन यसको प्रयोग पनि होस्, यसको प्रदर्शनी पनि होस् र यो बाट आम नगरबासी लाभान्वित हुन भनेर विश्व वातारण दिवसमा यो कार्यक्रम आयोजना गरेका हौ । यसमा वातावरण क्षेत्रमा लामो समयदेखि लाग्नुभएका व्यक्ति, संस्थाहरु आवद्ध भइका छन् ।

यसमा विशेषत विधार्थीहरुलाई यसको जागरण गराउनका लागि संस्थागत र सामुदायिक विधालयका विधार्थीहरुलाई अवलोकण गराउने र यो प्रदर्शनीले सबैमा वातावरणप्रतिको सकारात्मक सोच भएमा र त्यसलाई व्यवहारमा उतार्न सकेमा वातावरण संरक्षण गर्न सकिन्छ भन्ने सूचना फैलाउनका लागि यो प्रदर्शनी आयोजना गरेका छौ ।”

प्रदर्शनीमा गाडीहरुको प्रदुषण जाँच गर्ने, खानेपानीको गुणस्तर मापन गर्ने, नगरपालिकाले विभिन्न समयमा नगरबासीलाई दिएको विभिन्न प्रदुषणमुक्त हुने उत्पादनहरु प्रदर्शन गर्ने, बिरुवाहरु रोप्ने, सरसफाइ गर्ने जस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको नगर प्रमुख खत्रीको भनाई छ । प्रदर्शनीमा प्रविधियुक्त गुणस्तरीय र वातावरणमैत्री घर निर्माण गर्ने प्रविधि, सबै खानेपानीको गुणस्तर जाँच गर्नका खानेपानीको ल्याब, वातावरणलाई प्रभाव पार्ने गाडीहरु प्रदुषित छन् कि छैनन् भन्ने जाँच गर्न यातायात कार्यालयसँग समन्वयन गरी नगरका गाडी जाँच गर्ने र बनाउन लगाउने गरेका लगायतका प्रदर्शनीहरु राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनीमा घासबाट उत्पादन गरिएका आकर्षक झालाहरु, विभिन्न खानाका परिकारहरु, मासिलाई चाहिने चाँगुनारायण नगरभित्रै उत्पादित कपडाहरु लगायतका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । मेयर खत्रीले वायु प्रर्दशन व्यवस्थापनको कार्यविधि ७५३ वटा पालिका मध्य पहिलो चाँगुनारायण नगरपालिकाले बनाएको र कार्यविधि कार्यन्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपमेयर रमेश बुढाथोकिले हरित प्रदर्शनीले नगरका नागरिकमा हौसला प्रदान गरेको बताउँनुभयो । वातावरण दिवसको दिनमात्र नभई हरेक दिन केही समय सरसफाइमा लगाउँदा उपयुक्त हुने बताउँदै सबै वडामा सरसफाइका कार्यक्रमहरु लैजाने बताउनुभयो । प्रदर्शनीमा विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda