भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

प्रदुषणरहित,वातावरणमैत्री चाँगुनारायण नगरपालिका हाम्रो पहिलो प्राथमिकता होः मेयर खत्री

प्रदुषणरहित,वातावरणमैत्री चाँगुनारायण नगरपालिका हाम्रो पहिलो प्राथमिकता होः मेयर खत्री

भक्तपुर । वातावरणलाई स्वच्छ राख्न चाँगुनारायण नगरपालिका लागि परेको चाँगुनारायण नगरपालिका प्रमुख जिवन खत्रीले बताउनुभएको छ । बुधबार विश्व वातावरण दिवसको अवसरमा आयोजित हरित प्रदर्शनीमा मेयर खत्रीले उक्त कुरा बताउँनु भएको हो ।

उहाँले नगरपालिकाले दिएका विभिन्न प्रशिक्षण, शीप, निर्माण सामग्रीको प्रदर्शनीमार्फत सकारात्मक सन्देश फैलाउनका लागि हरित प्रदर्शनी मेला आयोजना गरेको जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाको पहिलो प्रयासले समग्र चाँगुनारायण नगरपालिकालाई वातावरणमैत्री बनाउन जिम्मेवारीका अगाडी बढन प्रेरणा मिलेको बताउँदै मेयर खत्रीले नगरबासीहरुले वातावरण जोगाउँने कुरा व्यवहारमा लागु गराउन आग्रह गर्नुभयो ।

उहाँले भन्नु भयो “ सबैले आ–आफनौ ठाउँबाट वातावरण जोगाउँन यसको प्रयोग पनि होस्, यसको प्रदर्शनी पनि होस् र यो बाट आम नगरबासी लाभान्वित हुन भनेर विश्व वातारण दिवसमा यो कार्यक्रम आयोजना गरेका हौ । यसमा वातावरण क्षेत्रमा लामो समयदेखि लाग्नुभएका व्यक्ति, संस्थाहरु आवद्ध भइका छन् ।

यसमा विशेषत विधार्थीहरुलाई यसको जागरण गराउनका लागि संस्थागत र सामुदायिक विधालयका विधार्थीहरुलाई अवलोकण गराउने र यो प्रदर्शनीले सबैमा वातावरणप्रतिको सकारात्मक सोच भएमा र त्यसलाई व्यवहारमा उतार्न सकेमा वातावरण संरक्षण गर्न सकिन्छ भन्ने सूचना फैलाउनका लागि यो प्रदर्शनी आयोजना गरेका छौ ।”

प्रदर्शनीमा गाडीहरुको प्रदुषण जाँच गर्ने, खानेपानीको गुणस्तर मापन गर्ने, नगरपालिकाले विभिन्न समयमा नगरबासीलाई दिएको विभिन्न प्रदुषणमुक्त हुने उत्पादनहरु प्रदर्शन गर्ने, बिरुवाहरु रोप्ने, सरसफाइ गर्ने जस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको नगर प्रमुख खत्रीको भनाई छ । प्रदर्शनीमा प्रविधियुक्त गुणस्तरीय र वातावरणमैत्री घर निर्माण गर्ने प्रविधि, सबै खानेपानीको गुणस्तर जाँच गर्नका खानेपानीको ल्याब, वातावरणलाई प्रभाव पार्ने गाडीहरु प्रदुषित छन् कि छैनन् भन्ने जाँच गर्न यातायात कार्यालयसँग समन्वयन गरी नगरका गाडी जाँच गर्ने र बनाउन लगाउने गरेका लगायतका प्रदर्शनीहरु राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनीमा घासबाट उत्पादन गरिएका आकर्षक झालाहरु, विभिन्न खानाका परिकारहरु, मासिलाई चाहिने चाँगुनारायण नगरभित्रै उत्पादित कपडाहरु लगायतका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । मेयर खत्रीले वायु प्रर्दशन व्यवस्थापनको कार्यविधि ७५३ वटा पालिका मध्य पहिलो चाँगुनारायण नगरपालिकाले बनाएको र कार्यविधि कार्यन्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपमेयर रमेश बुढाथोकिले हरित प्रदर्शनीले नगरका नागरिकमा हौसला प्रदान गरेको बताउँनुभयो । वातावरण दिवसको दिनमात्र नभई हरेक दिन केही समय सरसफाइमा लगाउँदा उपयुक्त हुने बताउँदै सबै वडामा सरसफाइका कार्यक्रमहरु लैजाने बताउनुभयो । प्रदर्शनीमा विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.