भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बजेट तर्जुमाका लागि महिला प्रतिनिधिहरूसँग राय-सुझाव संकलन

बजेट तर्जुमाका लागि महिला प्रतिनिधिहरूसँग राय-सुझाव संकलन

भक्तपुर । भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि बुधबार भक्तपुरका महिला प्रतिनिधिहरूसँग राय-सुझाव संकलन कार्यक्रम सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरका सबै वडाहरुबाट १०।१० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भेलाबाट प्राप्त सुझावले सिंगो नगरको सन्तुलित विकासमा टेवा पुग्ने बताउँदै महिलाहरुको विषयमा नवीनत्तम कार्यक्रमहरु अगाडि ल्याउने उद्देश्यले नपाले काम गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपा अन्य स्थानीय तहको तुलनामा पृथक शैलीले अगाडि बढिरहेको नगरपालिका भएको बताउँदै उहाँले नगरबासी युवाहरुको लागि युवा उद्यमशीलता ऋण प्रदान गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनुभयो ।

भक्तपुरले शिक्षा क्षेत्रमा भएका नवीनत्तम प्रयासबाट भक्तपुरका महिलाहरु ले साक्षर र शिक्षित हुने अवसर पाएको बताउँदै उहाँले नगरबासीहरुको रचनात्मक सल्लाहसुझावले भक्तपुर नगर देशकै अनुकरणीय नगर बन्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले समाजवादी नीति अवलम्बन गर्दै जनमुखी कार्यक्रमहरुलाई अगाडि सार्दै आएको बताउँदै भक्तपुरलाई शिक्षाको केन्द्र बनाइ समाजलाई सामाजिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रबाट अगाडि बढाउने लक्ष्यमा काम गरिरहेको बताउनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले समितिले युवा तथा महिलाहरुलाई आवश्यक जीवनउपयोगी तालिम सञ्चालन गर्दै नगरबासीहरुको जीवनस्तर उकास्न मद्दत पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित महिला प्रतिनिधिहरूले भक्तपुर नपाले सञ्चालन गरिरहेको सीपमूलक तालिमको प्रभावकारिता अनुगमन गरी रोजगारीको अवसरहरु उपलब्ध गराउनुपर्ने, महिलाहरुलाई मानसिक स्वास्यबारे परामर्श आवश्यक भएको, महिला उद्यमशीलताबारे तालिमहरु सञ्चालन गर्नुपर्ने, पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पी.भी.खोपको लागि पहल गर्नुपर्ने, ग्यास चुलो र वासिङ मेसिन मर्मतको तालिम सञ्चालन गर्नुपर्ने, खानेपानीको सन्तुलित वितरण प्रणाली बनाइनुपर्ने, सबै वडाहरुमा आदरनिकेतन दिवा सेवा सञ्चालन हुनु उपयुक्त हुने, आवश्यकताको आधारमा उद्यमशीलता ऋण प्रवाह गर्नुपर्ने, वडा वडामा रहेका शारीरिक व्यायामसँगै थेरापी मेसिनको व्यवस्था गर्न सकिनेलगायतका सुझावहरू राखेका थिए ।

उक्तकार्यक्रममा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.