भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै: झन्डै ८० प्रतिशत काम सकियो

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै: झन्डै ८० प्रतिशत काम सकियो

सोलुखुम्बु, २५ कार्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो खुलाउने काम भइरहेको छ । नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्न मिल्ने गरी आउँदो चैतभित्रमा सञ्चालन हुनेछ ।

न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा सगरमाथा आरोहणका लागि नुप्से हिमाल प्रयोग गर्नुभएको थियो । यो मार्गको झन्डै ८० प्रतिशत निर्माण कार्य सकिएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित मानिएको छ । आउँदो वसन्तयामभित्र नुप्सेतर्फको मार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ । यो झन्डै दुई सय मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उहाँले बताउनुभयो ।

खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवम् पर्यटनविद् आङ्छिरिङ शेर्पा बताउनुभयो । उहाँका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको बाटो उपयोगविहीन भएको थियो ।

यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरै गुणा सुरक्षित र भरपर्दो रहेको उहाँको भनाइ छ । यही पुरानो मार्गलाई पुर्नजीवन दिनेगरी १० जना विश्वविख्यात आरोहीसहितको टोलीले तीन वर्षअघिदेखि नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.